जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • सगरमाथा लुम्बिनीको भव्य उद्घाटन

सगरमाथा लुम्बिनीको भव्य उद्घाटन

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली समाजमा परिवार टुटिरहेको सन्दर्भमा दुई बीमा कम्पनीका परिवार जुट्नुलाई धेरै राम्रो भएको बताएका छन् । बीमा बजारमा स्थापित दुई कम्पनी मिलेर थप शक्तिशाली भएको भन्दै अध्यक्ष सिलवालले नयाँ विन्दुमा प्रस्थान ‘डिपार्चर’ गर्न खोजेको जिकिर गरेका छन्

नेपाल बीमा प्राधिकरणले भिन्न अभ्यास गर्न खोजेको भन्दै अध्यक्ष सिलवालले यस कार्यमा प्राधिकरण सफल भएको दाबी गरे । प्राधिकरणले समयको आवस्यकतालाई मध्यनजर गर्दै आगामी ५ वर्षसम्म निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी साढे दुई अर्ब आवस्यक पर्ने महशुस गरेर नै यस्तो नीति लिएको स्पष्टिकरण दिएका छन् । उनले थपे ‘तोकिएको चुक्ता पूँजी आगामी केहि वर्षका लागि हो ।’

बीमा प्राधिकरणको मर्म अनुसार नै बीमा कम्पनीहरुले मर्जरको नीतिलाई आत्मसाथ गरेको भन्दै बीमकहरुलाई उनले संस्कार, भुगोल, इतिहास मिल्ने दुई कम्पनीको मर्जरले सिनर्जी क्रियट गर्ने दाबी गरे । प्राधिकरणले कुनै एक कम्पनीलाई हेरेर भन्दा पनि समग्र बजारको आवस्यकतालाई अझ समग्रतालाई हेरेर नीति बनाएको उनले बताए । मर्जर पछि कम्पनीले नयाँ कर्मचारीको भर्ती गर्नु नपर्ने भएकाले बजारले लामो समयसम्म अनुवभी कर्मचारी पाउन सकेको उनले जिकिर गरे ।

सरकारले पनि बीमाको महत्वलाई बुझ्न थालेको उनको दाबी छ । उनले भने ‘सरकारलाई पनि बीमाको महत्व बोध हुँदै गइरहेको छ । गत कार्तिकमा भारि वर्षा धानवालीमा मात्रै ९ करोडको क्षति भयो । यदि बीमा गरेको भए सरकारलाई यति धेरै क्षतिपुर्ती तिर्नु नपर्ने महशुस भएको छ ।

बीमा कम्पनीहरुको क्षमता नहुँदा ३० हजारको दाबी तिर्न पनि धौ धौ परिरहेको सिलवाले आरोप लगाएका छन् । मर्जर पछि यस्तो अवस्था नहुने उनले दाबी गरे । मर्जर पछि दुई बीमा कम्पनीले आ-आफ्नो क्षमतालाई प्राथमिकता दिएर इनोभेटिभ काम गर्नु पर्ने उनले सुझाएका छन् । कम्पनीको क्षमता बढे सँगै प्राधिकरणले खवरदारी गर्नु नपर्ने अवस्था आउने अध्यक्ष सिलवालको विश्वास छ । उनले थपे ‘खवरदारी पनि गर्ने हो सहयोग पनि गर्ने हो ।’

नव नियुक्त अध्यक्ष मनोहर दास मुलले मर्जर सँगै कम्पनीले सर्वोत्तम हितको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्राधिकरणको नीति अनुरुप मर्जरको कदम लिइएको मुलले बताए । उनले थपे ‘नयाँ सोचका साथ अगाडी बढ्दै छौ ।’

सेलिन्को इन्स्योरेन्स पिएलसीको तर्फबाट सञ्चालक बनेका अजिथ आर. गुणवर्द्धनेले मर्जर पछि पनि प्रावधिक र मार्केटिङ तर्फको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली र श्रीलङकाका मानिहरु विच धेरै कुरामा समानता रहेको भन्दै उनले भने ‘हामीहरु विच सदैब हसिलो रहने र सहयोगी भावनामा समानता छ ।’ सेलिन्को इन्स्योरेन्स पिएलसीले भिआइपीदेखि लिएर धेरै वटा प्रोडक्ट लन्समा सहयोग गरेको उनले बताए । सेलिन्को इन्स्योरेन्स पिएलसीले नेपालमा मात्रै नभएर विश्वका धेरै देशमा आफ्नो भेन्चर खोलिरहेको भन्दै उनले लाओस र कम्बोडियामा पनि भेन्चर खोल्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले २७ वर्ष अनुभवी सगरमाथा इन्स्योरेन्स कम्पनी र १८ वर्षको लुम्बिनी जनरल कम्पनीले आजदेखि एकिकृत कारोबारको शुभारम्भ गर्न पाउदा खुसी व्यक्त गरे । नेपाल बीमा प्राधिकरणको नीति अनुरुप नै मर्जरमा गएको उनले बताए ।

एकिकृत कारोबारका सन्दर्भमा कम्पनीको ब्राण्डिङ लोगो सार्वजनिक गरिएको छ । मर्जर पछि ब्राण्डिङ नाम ‘सलिको’ राखिएको छ । मर्जरको शुभारम्भ कार्यक्रममा दुई कम्पनीको चिनारीलाई झल्काउने डकुमेन्ट्री पनि देखाइएको थियो

 

1185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका