आर्थिक विशेष
बैंकले लुटे भन्ने प्रसाईंको अस्पतालकै लुट धन्दा, एकदिन शव राखेको साढे २२ हजार शुल्क
0 टिप्पणी
व्यवसायी दुर्गा प्रसाईंको बि एण्ड सी अस्पतालको शबगृहमा एकदिन शब राख्दा २२ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको प्रमाण भेटिएको छ । पछिल्लो समय अराजक व्यवसायीको रुपमा परिचित प्रसाईं नेतृत्वको बिएण्डसी मेडिकल कलेजले एक दिन शब राखेको शुल्क साढे २२ हजार रुपैयाँ लिने गरेको भेटिएको हो ।
पछिल्लो समय उनी बैंक तथा वित्तीय संस्थाले उच्च ब्याज लिएको भन्दै विरोध गरिरहेका छन् भने बैंकको सावाँ ब्याज तिर्न नहुने भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । उनकै नेतृत्वमा पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को नाममा अभियान सञ्चालन छन् ।
बैंकले सर्वसाधारणलाई लुटेको भन्ने प्रसाईंले नै सञ्चालन गरेको मेडिकल कलेजले एकदिन शव राखेको पनि यति धेरै रकम असुलिरहेका छन् ।