जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • लुम्बिनी विकास बैंकद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकद्वारा ग्लोबल मनि विक कार्यक्रम सम्पन्न

लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सात वटै प्रदेशमा सफलताका साथ सम्पन्न गरेको छ । ग्लोबल मनि विक अन्र्तगत युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले बार्षिक रुपमा मार्च महिनामा मनाइने एक हप्ते अभियान हो । “Plan your money, plant your future” भन्ने नाराका साथ ग्लोबल मनि विक यो बर्ष पनि मिती २०७९ चैत्र ६ गतेदेखि चैत्र १२ गतेसम्म मनाइयो । यो सप्ताहब्यापि महोत्सवमा बैंकले बिद्यालय समुदायका लागि वित्तीय शिक्षा र बिभिन्न वित्तीय गतिबिधिका सन्दर्भहरु प्रस्तुत गरेको थियो ।

विद्यार्थीहरुलाई वित्तीय योजना र ब्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीका बारेमा ज्ञान प्रदान गरियो । ग्लोबल मनि विक सफल बनाउने उद्देश्यका साथ लुम्बिनी बिकास बैंकले सुदुरपश्चिम प्रदेशमा धनगढी र लम्की, कर्णाली प्रदेशको बिरेन्द्रनगर, लुम्बिनी प्रदेशको नेपालगन्ज, घोराहि र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरको छ । त्यस्तै, गण्डकी प्रदेशको पोखरा, बाग्मती प्रदेशको नारायणगढ र काठमाडौं, मधेश प्रदेशको बिरगन्ज र कोशी प्रदेशको बिराटनगरमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

लुम्बिनी विकास बैंकले धनगढीको ग्यालेक्सी सेकेन्डरी स्कुलमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका उप निर्देशक कुबेर थापाले पनि सहभागिता जनाउनु भयो । साथै, बैंकले पोखराको छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा आयोजना गरेको अभियानमा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक आर्या जोशी तथा उप निर्देशक राम कुमार कार्कीले पनि सहभागिता जनाउनु भयो । उप निर्देशक कार्कीले सफा नोट निती तथा नोटको सुरक्षण व्यवस्थाहरु सम्वन्धि जानकारीमुलक प्रस्तुती दिनुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको ८९ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ
" class="lazy">
सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?