जोडिनुहोस
शुक्रबार, पुस ४, २०८२
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई एलिवेट लाउन्ज एन्ड क्लबमा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई एलिवेट लाउन्ज एन्ड क्लबमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकले काठमाण्डौको न्युरोडस्थित एलिवेट लाउन्ज एन्ड क्लब प्रालि विशेष छुट पाउने भएका छन्।

छुटउसम्बन्धीस मझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले एलिवेट लाउन्जमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका सा साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा,  १३९  वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

3410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका