जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • वर्तमान आर्थिक संकट समाधानको रणनीति तय गर्न बृहत् राष्ट्रिय विमर्शको चन्द्रप्रसाद ढकालको आह्वान

वर्तमान आर्थिक संकट समाधानको रणनीति तय गर्न बृहत् राष्ट्रिय विमर्शको चन्द्रप्रसाद ढकालको आह्वान

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्नेमा जोड दिएका हुन्।

वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारणसभाबाट महासंघको अध्यक्ष बन्दै छन्। ‘यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ। आर्थिक गतिविधिहरु शिथिल छन्। आपूर्ति प्रणाली खलबलिएको छ। उद्योगी–व्यवसायीहरु समस्यामा छौँ। विकास खर्च अत्यन्त न्यून छ। राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन’, उनले भने, ‘तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पुर्याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन।’

ढकालले हाम्रौजस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए।

2605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका