जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको स्क्यान एण्ड पे सेवामा थप विस्तार

कृषि विकास बैंकको स्क्यान एण्ड पे सेवामा थप विस्तार

नेपाल क्लियरिङ हाउसले तयार गरेको अन्तर आवद्धता सहितको नेपाल पे क्यूआर कोडको सेवा कृषि विकास बैंक लि.बाट सुरुवात भएको छ । नेपालको  हाल DigitalTransformation मा भइरहेको  तीव्र विकासको कारणले यस्तो किसिमको  कारोबार सम्भव भएको हो । ग्राहकबाट हुने रकमान्तर तथा विभिन्न किसिमको बिल भुक्तानीको लागि यो सेवा विश्वसनीय तथा सरल रहेको छ । साथै यस्तो सेवामार्फत् भएको कारोवारमा कुनै  शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ ।

यो सेवाको सुरुवात पश्चात कृषि विकास बैंक लि.को मोवाइल बैंकिङबाट नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको त्तच् मा कारोवार गर्न सहज भएको छ भने बैंकले नियुक्त गरेका विभिन्न ब्यबसायिक संघ संस्था तथा प्रतिनिधिहरुले सरल तथा सहज तरिकाले भुक्तानी  स्वीकार गर्न  सक्ने भएका छन् । यो सेवाबाट संघीय सरकार तथा स्थानीय सरकारलाई सेवाग्राहीहरुले राजश्व लगायतका शुल्क समेत  भुक्तानी गर्न सकिने भएको छ ।

बैंकको मोवाइल बैंकिङ सेवा लिएका ग्राहकहरुका लागि यो सेवा निकै उपयोगी हुने बैंक श्रोतले जानकारी गराएको छ ।  शुक्रबार कृषि बिकास बैंकको मुख्य कार्यालयमा भएको एक कार्यक्रमक बीच  कृषि विकास बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले सयुक्त रुपमा बैंकको मोबाइल बैंकिंग  (ADBL Smart बाट कारोबार गरी उक्त सेवाको शुभारम्भ  गरेका छन् ।

यो सेवाको सुरुवात पश्चात कृषि विकास बैंकमा खाता रहेका व्यवसयिक संस्थाहरूको खातामा बैंक तथा नेपाल क्लियरिङ हाउस आवद्ध सवै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी सेवा संचालकहरुको मोबाइल एप्लिकेशन मार्फत् सहज तथा सरल तवरले कारोवार गर्नसकिने सुविधा रहेको र यस्ता कार्यले भुक्तानी कारोवारको कारोवार लागतको न्यूनीकरण गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङ्ले बताए । उक्त कार्यक्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएका विभिन्न सेवाहरु बैंकका विभिन्न डिजिटल सेवाहरुसंग आबद्ध गरेमा बैंकले प्राप्त गर्ने अवसरको बारेमा चर्चा गरेका थिए ।

1270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?