रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग सुविधा दावि भुक्तानी गरेको छ । कम्पनीले आज २० गते झापामा एक कार्यक्रमको आयोजना गरि आज वीमित गोमा श्रेष्ठलाई रु.५,००,०००।– दाबी भुक्तानी गरेको हो ।
दमक शाखाबाट मिती २०७८।०३।२७ देखि बिमा गरेकी गोमा श्रेष्ठ गौरादह– ४ झापा निवासी हुन् ।
कार्यक्रममा कम्पनीका प्रदेश १ का उपप्रमुख तौफिक अहमद शेखले प्रमुख अथिती उपमेयर जल वर्षा राजवंशी विषेश अथिती वडा अध्यक्ष दुर्गा मणि बस्नेत र वडा सदस्यहरु सुर्य सुब्बा ,तुलसा कंडेल, निर्मला कार्की को उपस्थितिमा वीमितहरुलाई समयमानै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुपदावभुक्तानी प्रदान गरिएको बताए ।