हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय हात्तिसारमा रहने जनाएको छ । साविक गुराँस लाइफ, साविक प्राइम लाइफ र साविक यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
अब हिमालयन लाइफको कर्पोरेट कार्यालय साविक प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको कर्पोरेट कार्यालय रहेको स्थान काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १, मनकामना मार्ग, हात्तिसारमा रहेको एक सुचना जारी गर्दै जनाएको छ ।