सरकारले लामो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक सवारीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
घटेको भाडादर आजदेखि नै लागू भएको छ ।
यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईमा चल्ने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
सम्बन्धित समाचार
" class="lazy">