जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकद्वारा वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक

गरिमा विकास बैंकद्वारा वित्तीय साक्षरता सम्बन्धि विशेष भिडियो सार्वजनिक

आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धि विभिन्न घटनाक्रमहरु बढ्दै गईरहेको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाईएको छ । मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् ।

यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल ठगी सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाईएको छ । बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोत्ता समुदायहरु थप सचेत हुने विश्वास राखेको छ ।

 

1265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका