अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै वित्तीय पहुँच निरन्तर बढ्दै गएको बताएका छन् । पछिल्ला बर्षहरूमा मर्जर तथा प्राप्तिमार्फत बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएता पनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको बताएका छन् ।
आर्थिक सर्वेक्षण अनुसार गएको फागुन मसान्तसम्म जीवन बीमा कम्पनी १८, निर्जीवन बीमा कम्पनी १६ र पुनर्बीमा कम्पनी २ गरी २०७९ फागुनसम्म बीमा कम्पनीको सङ्ख्या ३६ रहेको छ । हाल यो संख्या पनि घटिसकेको छ । चुक्ता पूँजी वृद्धि गर्ने व्यवस्थाको कारण चालु आर्थिक वर्षको शुरुवात देखि नै बीमकहरू गाभ्ने र गाभिने क्रम शुरु भएको छ। फलस्वरूप, बीमकको सङ्ख्यासँगै शाखा कार्यालयहरू पनि घटेका छन्।
२०७८ फागुनसम्म बीमकको शाखा सङ्ख्या जीवन बीमातर्फ २‚२९२ र निर्जीवन बीमातर्फ १‚०३७ रहेकोमा २०७९ फागुनसम्म यस्तो सङ्ख्या क्रमशः २,२०६ र १,०३७ रहेको छ। २०७९ फागुनसम्म जीवन बीमा व्यावसाय गर्ने बीमकको स्रोत तथा उपयोग रू ६ खर्ब २३ अर्ब ८९ करोड र निर्जीवन बीमा व्यावसाय गर्ने बीमकको रू ८९ अर्ब ५८ करोड गरी रू।७ खर्ब १३ अर्ब ४७ करोड रहेको छ। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म बीमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग रू ६ खर्ब ४ अर्ब ३ करोड रहेको थियो।
२०७९ असारसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमा सहित बीमाको दायरामा आएको जनसङ्ख्या ४१।२ प्रतिशत रहेकोमा २०७९ फागुनसम्म ४४.०५ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७८/७९ मा बीमा प्रिमियम रू.१ खर्ब ७७ अर्ब रहेको छ।
जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको लगानीयोग्य रकम क्रमशः वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष २०७९/८० को फागुनसम्म लगानीयोग्य रकम रू.६ खर्ब ८२ अर्ब ४८ करोड पुगेको छ। कुल लगानीयोग्य रकममध्ये जीवन र निर्जीवन बीमाको अंश क्रमशः ८४.७ प्रतिशत र १५.३ प्रतिशत रहेको छ।
द्ध।छट आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा जीवन बीमा तर्फ १ लाख १३ हजार २६ बीमालेख अन्तर्गत रू.१८ अर्ब ९६ करोड रकम बराबरको दाबी भुक्तानी भएको छ। निर्जीवन बीमातर्फ १ लाख ९ हजार ९ सय ८० बीमालेखको रू।१६ अर्ब ४८ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको छ। आर्थिक वर्ष २०७८र७९ मा जीवन बीमातर्फ ३ लाख ३१ हजार ६ सय ३५ बीमादाबीको रू.४४ अर्ब ६० करोड र निर्जीवन बीमातर्फ १ लाख ४१ हजार १ सय ८६ बीमादाबीको रू।१८ अर्ब ८२ करोड बराबरको दाबी भुक्तानी भएको थियो।
डिजिटल माध्यमबाट बैङ्किङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको छ। क्युआर कोडमार्फत गरिने भुक्तानीमा उल्लेख्य वृद्धि भएको छ भने विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत हुने कारोबारमा समेत बढोत्तरी भएको छ। कोभिड(१९ को असरबाट अर्थतन्त्र क्रमिक रूपमा पुनरूत्थान हुँदै गइरहेकोमा रुस(युक्रेन युद्धको असर र गत आर्थिक वर्ष आयातमा तीव्र वृद्धि हुँदा चालु आर्थिक वर्षमा नेपालको बैङ्किङ्ग प्रणालीमा तरलता तथा लगानीयोग्य साधनमा कमी आई ब्याजदर बढेको छ। पछिल्ला महिनाहरूमा बैङ्किङ प्रणालीको तरलतामा उल्लेख्य सुधार भएको छ। यसैगरी ब्याजदरमा पनि घट्ने क्रममा रहेको छ।
वित्तीय प्रणालीमा २०७९ फागुन मसान्तमा २१ वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैङ्क गरी कुल १२० बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्। यसैगरी, दुई पुनर्बीमा कम्पनी सहित ३६ बीमा कम्पनी , ३ज्ञ हजार ३ सय ७३ सहकारी संस्थाका साथै कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष, हुलाक बचत बैङ्क र म्युचुअल फण्ड समेत सञ्चालनमा रहेका छन्।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले वार्षिक औसत मुद्रास्फीति ७ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएकोमा फागुनसम्म औसत मुद्रास्फीति ७।९३ प्रतिशत रहेको छ। कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य रहेकोमा २०७९ फागुनमा ९।४ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ
२०७९ पुससम्म कर्मचारी सञ्चय कोषको सम्पति तथा दायित्व रू. ४ खर्ब ५९ अर्ब ४२ करोड पुगेको छ। यस अवधिमा सञ्चयकर्ताको सञ्चित रकम रू. ४ खर्ब १६ अर्ब ३६ करोड रहेको छ। साथै, कोषले विभिन्न क्षेत्रमा गरी रू।१ खर्ब ४९ अर्ब ६० करोड लगानी र रू. ३ खर्ब ६० करोड कर्जा तथा सापटी प्रदान गरेको छ।
२०७९ पुससम्म नागरिक लगानी कोषको सम्पत्ति तथा दायित्व रू. २ खर्ब ४७ अर्ब ५१ करोड पुगेको छ। यस अवधिमा बचतकर्ताहरूको सञ्चित रकम रू।१ खर्ब ८७ अर्ब ४४ करोड रहेको छ। साथै, कोषले विभिन्न क्षेत्रमा गरी रू.१ खर्ब ३० अर्ब २८ करोड लगानी र रू.६४ अर्ब ६३ करोड कर्जा तथा सापटी प्रदान गरेको छ।
२०७९ फागुनसम्म हुलाक बचत बैङ्कको कार्यालय ६८, सम्पत्ति तथा दायित्व रू. ४ करोड ३६ लाख ७७ हजार र कुल बचत खाता सङ्ख्या ३,६६८ रहेको छ।
२०७९ फागुनसम्म १०७ बैङ्क तथा वित्तीय संस्थाको रू।२ खर्ब ६९ अर्ब ८१ करोड कर्जा सुरक्षण भएको छ। यसैगरी, ५७ बैङ्क तथा वित्तीय संस्थाको रू।११ खर्ब ५९ अर्ब ६५ करोड निक्षेप सुरक्षण भएको छ।
२०७९ फागुनसम्म विभिन्न बैङ्क तथा वित्तीय संस्थाका १८ हजार ज्ञ सय ६५ ऋणी कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा रहेका छन्। साथै, ३,ठ५ण् ऋणी कालो सूचीबाट हटेका छन्। २०७९ असारसम्म विभिन्न बैङ्क तथा वित्तीय संस्थाका १५ हजार ९ सय ९५ ऋणी कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा रहेका र ३,२ण्द्द ऋणी कालो सूचीबाट हटेका थिए।
फागुनमा सहकारी संस्थाको सङ्ख्या ३ज्ञ हजार ३ सय ७३, शेयर सदस्य सङ्ख्या ७३ लाख र शेयर पुँजी रू.९४ अर्ब १५ करोड रहेको छ। सहकारी क्षेत्रमा रू.४ खर्ब बचत परिचालन भई रू.४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ। २०७९ असारसम्म सहकारी क्षेत्रमा ९१ हजार ३ सय प्रत्यक्ष रोजगार रहेकोमा २०७९ फागुनसम्म यस्तो रोजगार ९३ हजार पुगेको छ।