महोत्तरीको महोत्तरी गाउँपालिकास्थित रहेको एनएमबि बैंकमा लुटपाट भएको छ । मंगलबार हतियारधारी समूहले दिउँसै बैंक लुटेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका हुन् ।
उनले आर्थिक न्युजसँग भने, ‘बैकले दिएको प्रारम्भिक रिपोर्ट अनुसार ३८ लाख रुपैयाँ बैंकबाट लुटिएको विवरण प्राप्त भएको छ थप मुचुल्काको विवरण भने आइसकेको छैन् ।’
उनका अनुसार लुटपाटमा संलग्न रहेको आशंकामा केहीलाई प्रहरीले निगरानीमा गरिरहेको छ । घटनास्थल वरिपरि अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ ।