जोडिनुहोस
बुधबार, चैत्र १९, २०८१
बुधबार, चैत्र १९, २०८१
  • होमपेज
  • फुयालले श्रीमतिको जन्म दिनमा दिए २० लाखको बीमा पोलिसी उपहार

फुयालले श्रीमतिको जन्म दिनमा दिए २० लाखको बीमा पोलिसी उपहार

पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच भरतपुर ३, न्युरोड घर भएका श्रीमान सुरेश फुयालले आफ्नो श्रीमतिको जन्म दिनमा बीमा पोलिसी उपहार दिएका हुन् ।

फुयालले श्रीमती यशोदा अधिकारीको जन्मदिनको उपलक्ष्यमा २० लाख बीमाङकको पोलिसि उपहार दिएका हुन् । उनले श्रीमतिलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढबाट दिएका हुन् ।

फुयालले भने जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, जुन वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचतको नियम, भित्र भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरण वुढेसकालको साहारा हो र बीमा वचतले मात्र ग्यारेन्टी गर्ने भएकोले श्रीमतिलाई बीमा पोलिसी उपहार दिएको हो ।

 

2260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका