जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गर्नेलाई कारबाही गर्छौं, तीन पक्षमा छानविन हुन्छः अध्यक्ष हमाल

घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गर्नेलाई कारबाही गर्छौं, तीन पक्षमा छानविन हुन्छः अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले घोराही सिमेन्टको आईपीओमा झुटो विवरण पेस गरेर आवेदन दिनेलाई कारबाही गर्ने बताएका छन् । अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन् । सेयर निष्कासन भएपछि आवेदन दिँदा बदमासी भएको थाहा पाएपछि आवेदन दिने प्रकृया रोकेको र झुटा विवरण पेस गर्नेलाई कारबाहीको दायरामा ल्याउने उनले बताए । अध्यक्ष हमालले बोर्डले तीन चरणमा कारबाही गर्ने जानकारी दिए ।

‘घोराही सिमेन्टको रेटिङ कम्पनीको स्वार्थ बाझिएको गुनासो छ । त्यसमा हामीले प्रारम्भिक अध्ययन गरिसकेका छौं । फेक आवेदन दिएर जनतालाई भ्रममा पारिएको छ । यो कम्पनी राम्रो रहेछ भनेर देखाउन खोजिएको छ । अर्को भनेको अण्डरराइटिङ प्रक्रिया नै गलत गरेको देखिएको छ’ उनले भने, ‘सोही अनुरुप छानविन प्रक्रिया अघि बढाएको छ ।’

जसले आईपीओ निष्कासन गरेको हो उसैले नै व्यापक चलखेल गरेको उजुरीहरु आएपछि तत्कालै उक्त प्रक्रिया स्थगित गरेर छानविन प्रक्रिया अघि बढाको हमालको भनाइ छ ।

‘हिजो आर्टिफिसियल रुपमा ओभर सब्सक्राइब गर्न खोजेको, जनतालाई झुक्याउन खोजेको, १२ ओटा आवेदनकर्ताले प्रति व्यक्ति १० लाख कित्ता (४३ करोड ५० लाख) बराबरको आवेदन दिइएको पाइएको छ । यसले घोराही सिमेन्टमा जनताको आकर्षण छ भनेर देखाउन खोजिएको छ’ उनले भने, ‘यस्तो देखिएपछि हामीले ५ घन्टा बाहिर नगई छलफल गरेर जनताको लगानी संरक्षण गर्न पर्छ भनेर रोक्का गरेका छौं ।’

आवेदन दिनेको पैसा बैंकले काटिसकेको अवस्थामा निर्णय गर्न समस्या हुने भएका कारण हिजै सार्वजनिक निष्कासन रोक्न निर्देशन दिएको हमालको तर्क छ ।

1950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
हत्याको प्रयास’ मा पुग्यो नेरुड़े मिर्मिरेको आन्दोलन
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?