जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • काठमाण्डौको जोरपाटीस्थित सानो बजारमा कुमारी बैंकको क्यूआर सुविधा

काठमाण्डौको जोरपाटीस्थित सानो बजारमा कुमारी बैंकको क्यूआर सुविधा

स्थानीय ग्राहकको दैनिक आवश्यकिय सामग्री तथा वस्तु एकैठाउँमा उपलब्ध गराउने उद्देश्यले काठमाण्डौको जोरपाटीमा साना–साना बिक्रेतालाई एकीकृत गरी सानो बजार सञ्चालनमा आएको छ। यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले सानो बजारका व्यवसायीका लागि क्यूआर सुविधा ल्याएको छ।

आफ्नो मोबाइल फोनबाटै सहज रुपले भुक्तानी गर्न सकिने यो क्यूआर सुविधा सानो बजारका लागि सहज कारोबारको विकल्प बन्नेमा बैंक विश्वस्त छ। यसै क्यूआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क वाईफाई सुविधा पनि उपलब्ध गराएको छ।

यसका साथै कुमारी बैंकले यी बिक्रेताको सुरक्षाका लागि सानो बजारमा सीसी क्यामेराको पनि व्यवस्था गरेको छ।

सानो बजारको उद्घाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधिसभाका सदस्य सन्तोष चालिसे, प्रतिनिधिसभाका सदस्य शान्ति श्रेष्ठ तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामा, वडा नं ५ का वडा प्रमुख नारायणबहादुर सुवेदी, वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्वसंघीय सांसद कृष्ण राई तथा कुमारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याललगायत स्थानीय व्यवसायी तथा अन्य अतिथिको उपस्थिति थियो।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६३ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ। आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?