जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • मौद्रिक नीतिले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन

मौद्रिक नीतिले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

ढकालले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य भन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताएका छन् । ‘गत वर्ष १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ ।’, उनले भने, ‘यो नीतिले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिँदैन ।’,

निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावहरुको सम्बोधन नभएको ढकालको भनाई रहेको छ । ढकालले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भए पनि निजी क्षेत्रका अपेक्षा अनुसार मौद्रिक नीति नआएको भन्दै गुनासो गरेका छन् ।

‘निजी क्षेत्रका तर्फबाट हामिले मौद्रिक नीतिका लागि विभिन्न सुझावहरु दिएका थियौँ । तर, मौद्रिक नीतिमा हामीले गरेका अपेक्षा सम्बोधन भएन ।’, अध्यक्ष ढकालले भने, ‘मौद्रिक नीतिमा चालुपुँजी कर्जा मार्ग निर्देशनमा पुनारावलोकन गर्ने र जोखिम भारका कुराहरु आएका छन् । तर, समग्र देशको अर्थतन्त्र चलायमान हुनेमा दुविधा छ । नीजि क्षेत्रले चाहे अनुसार र दिइएका अपेक्षाहरु सम्बोधन नुहँदा निराश छौँ ।’

त्यस्तै, अध्यक्ष ढकालले मौद्रिक नीति आए पनि निर्देशनहरु आउन बाँकी रहेको भन्दै निर्देशनमार्फत निजी क्षेत्रले दिएको सुझावहरुलाई अझै समेटेर निर्देशन जारी गर्न माग गरेका छन् । उनले निजी क्षेत्रले दिएका सुझावलाई निर्देशनमार्फत सम्बोधन गरे अर्थतन्त्र चलायमान बनाउन सहज हुने बताएका छन् । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीति बनाउन दिने सुझावहरु मुलुकको अर्थतन्त्र चलायमान र मुलुकमा नै रोजगारी सिर्जना र राजश्व संकलन बढ्ने गरी दिएको ढकालको भनाई रहेको छ ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
स्वास्थ्य बीमा बोर्डको आम्दानी २ अर्ब, दाबी भुक्तानी १२ अर्ब
" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?