नेपाली पुँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर भएको छ।
मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी तथा गुरु ट्राभल्स का प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। सहमतिपत्रमा उल्लेख भएबमोजिम मुक्तिनाथ क्यापिटल लिमिटेडले गुरु ट्राभल्सका सेवाग्राहीका लागि डिम्याट खाता सञ्चालन र लगानी व्यवस्थापन सेवालगायतका आफ्ना सेवाहरुमा विषेश छुट प्रदान गर्ने तथा गुरु ट्राभल्सले क्यापिटलका हितग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई ट्राभल्स सेवाअन्तर्गत युरोप, एसिया तथा अन्य गन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा सुविधाहरु प्रदान गर्ने सहमति भएको जनाइएको छ।
व्यावसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरु तथा संस्थागत सामाजिक क्रियाकलापहरुमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ।
समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत जोशीले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे।
गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत धरेलले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राखे।
समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुका उपस्थिति थियो।