जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनिहरुलाई ११.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको मंगलबार बसेको संचाकल समितिको बैठकले १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ४४ करोड ९८ लाख ७ हजार ७३७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने २ करोड ३६ लाख ७४ हजार ९१ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंक र शाइनको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्तालाई बोनस सेयर वितरण गर्ने बैंकले जनाएको छ । गत वर्ष बैंकले १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

1520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका