गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी नियुक्त भएका छन् ।
फाइनान्स कम्पनीको आइतबार साँझ बसेको बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीइओमा नियुक्त गरेको हो ।
यसअघिका सीईओ राजेश कुमार श्रेष्ठले सोमबार नै राजीनामा दिएका थिए । सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेर अधिकारीलाई सीइओको जिम्मा दिएको हो ।
अधिकारीलाई ४ वर्षका लागि करार सेवामा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।