जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • बीमा प्राधिकरणले सार्वजनिक गर्‍यो अभिकर्ताको अनलाइन परीक्षा तालिका

बीमा प्राधिकरणले सार्वजनिक गर्‍यो अभिकर्ताको अनलाइन परीक्षा तालिका

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताका लागि अनलाइन परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तालिका अनुसार कात्तिक महिनामा चार दिन परीक्षाको सूची रहेको छ ।प्राधिकरणका अनुसार पहिलो परीक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने छ।

यसैगरी,दोश्रो परीक्षा कात्तिक २० गते, तेश्रो परीक्षा कात्तिक २२ गते र चौथो परीक्षा कात्तिक २४ गते सञ्चालन हुने छ ।उक्त परीक्षामा १०० जना परीक्षार्थीलाई मात्र सहभागी गराइने छ । डेढ घण्टाको अवधिमा कुल ५० वटा वस्तुगत प्रश्नमध्ये २५ वटाको सही उत्तर चयन गर्नु पर्नेछ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?