जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • मन्दीको असर बैंकको वासलातमा, घट्न थाल्यो बैंकको नाफा, खराब कर्जामा वृद्धि, घाटामा सरकारी बैंक

मन्दीको असर बैंकको वासलातमा, घट्न थाल्यो बैंकको नाफा, खराब कर्जामा वृद्धि, घाटामा सरकारी बैंक

बजारको चरम आर्थिक मन्दीको असर बैंकहरुको वासलातमा देखिएको छ। बैंकहरुले असोज मसान्तसम्मको विवरण सार्वजनिक गर्दा एउटा बैंक घाटामै गएको छ भने १२ वटाको नाफा घटेको छ।

कृषि विकास बैंक ठूलो नोक्सानीमा गएको छ। सरकारी स्वामित्वका अन्य दुई बैंकको नाफा पनि घटेको छ।

बजारमा माग छैन। माग नहुँदा अर्थतन्त्र मन्दीमा गएको छ। त्यही बेला नियमनका नाममा राष्ट्र बैंकले आम्दानी घटाउने औजारहरु प्रयोग गरिदिएको छ। उद्योगधन्दादेखि सामान्य पसलहरु समेत नचल्दा बैंकहरु आम्दानी गुमाउन बाध्य भएका हुन्।

सरकारी स्वामित्वको कृषि विकास बैंक ८८ करोड ८० लाख रुपैयाँ नोक्सानीमा गएको छ। जबकि पोहोर असोजमा बैंकले २२ करोड रुपैयाँ नाफा गरेको थियो।

नाफा घट्नेमा सिद्धार्थ बैंक एक नम्बरमा छ। बैंकको नाफा ९१.४० प्रतिशतले घटेको छ। लक्ष्मी सनराइजको ७९.५३ प्रतिशत, नेपाल बैंकको ७६.४३ प्रतिशतले घटेको छ। कुमारी बैंकको साढे ७३ प्रतिशत, एनआइसी एसियाको ४२.४९ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ३१ प्रतिशतले घटेको छ।

बैंकयसपालिको असोजपोहोरको असोजफरक %मा
हिमालयन1,056,183,000532,475,00098.35
प्रभु1,034,214,000705,006,00046.7
नेपाल इन्भेष्टमेन्ट मेगा1,522,299,0001,140,597,00033.47
प्राइम1,151,522,000874,170,00031.73
माछापुच्छ्रे542,239,000451,183,00020.18
एनएमबि963,209,000904,134,0006.53
ग्लोबल आइएमई1,225,754,0001,189,545,0003.04
स्ट्यान्डर्ड चार्टर्ड827,700,000811,397,0002.01
नबिल1,469,300,0001,571,537,000-6.51
एभरेष्ट780,759,000862,237,000-9.45
सानिमा482,909,000548,220,000-11.91
सिटिजन्स402,455,000501,215,000-19.7
नेपाल एसबीआई479,178,000627,357,000-23.62
राष्ट्रिय वाणिज्य बैंक859,804,8691,246,678,216-31.03
एनआइसी एसिया1,010,383,0001,756,779,000-42.49
कुमारी बैंक263,935,1201,001,459,381-73.64
नेपाल बैंक142,370,387604,098,054-76.43
लक्ष्मी सनराइज103,041,000503,472,000-79.53
सिद्धार्थ बैंक42,862,884498,250,316-91.4
कृषि विकास बैंक-888,071,465220,953,111-501.93

नेपाल एसबीआई बैंकको २३.६२ प्रतिशतका साथै सिटिजन्स बैंकको १९.७ प्रतिशतले नाफा घटेको छ। सानिमा बैंकको १२ प्रतिशतले घटेको छ भने एभरेष्टको साढे ९ र नबिलको साढे ६ प्रतिशतले घटेको छ। बाँकी बैंकको नाफा भने बढेको छ।

नाफा बढ्नेमध्ये स्ट्यान्डर्ड चार्टर्डको २ प्रतिशत, ग्लोबल आइएमईको ३ प्रतिशत र एनएमबि बैंकको साढे ६ प्रतिशत छ।

उच्च नाफा हिमालयन बैंकको छ। बैंकको नाफा ९८ प्रतिशत, प्रभुको ४७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ३३ प्रतिशत, प्राइमको ३२ प्रतिशत र माछापुच्छ्रे बैंकको २० प्रतिशतले नाफा बढेको छ।

1640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?