जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • नबिल बैंककाे खुद नाफा १ अर्ब ४६ करोड बढी

नबिल बैंककाे खुद नाफा १ अर्ब ४६ करोड बढी

नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेर ४ अर्ब १७ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी २०.२१ प्रतिशत बढेर ७५ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.७० प्रतिशत बढेर ५ अर्ब ११ करोड ३५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ४.६८ प्रतिशत घटेर २ अर्ब १२ करोड ६१ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्मको तथ्याङ्क अनुसार बैंकको लाभांश क्षमता १३.३४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३.१२ प्रतिशत बढेर ३२ अर्ब रुपैयाँ, निक्षेप संकलन ४.५४ प्रतिशत बढेर ४ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ र कर्जा ६.२७ प्रतिशत बढेर ३ खर्ब ५३ अर्ब ५६ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२९ रुपैयाँ घटेर २१.७२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१८.२७ रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.३३ प्रतिशतबाट बढेर ३.६९ प्रतिशत पुगेको छ । साथै बैंकको कर्जा निक्षेप अनुपात ८६.५३ प्रतिशत र आधार दर ९.५८ प्रतिशत रहेको छ ।

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका