बीमा
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्धारा भुकम्प पिडितको राहतका लागि रु. १० लाख प्रदान
0 टिप्पणी
जाजरकोट केन्द्र विन्दु भइ गएको ६.४ रेक्टर स्केलको भुकम्पमा परि ज्यान गुमाउनु भएका व्यक्तिहरुमा आत्माको चिरशान्तिको कामना गर्दछौ र उक्त घटनामा परी घाइते हुनेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।
साथै उक्त घटनाबाट ठुलो जनधनको क्षति भएकोले खोजि, उद्धार, राहत लगायत पुनर्स्थापना कार्यका लागि नेपाल सरकार, मन्त्रीपरिषदको कार्यालयको मिति २०८०/०७/१९ को आह्वान बमोजिम यस प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवि प्रकोप सहायता कोषमा रु. १० लाख प्रदान गरिएको छ ।