जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णयमा कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले एक दर्जन बढी रिटको एकीकृत सुनुवाइ गर्दै टिकटक बन्द गर्नुको कारण देखाउन सरकारको नाममा आदेश जारी गरेको हो ।

तर रिट निवेदकहरुको माग बमोजिम अन्तरिम आदेश जारी गर्न भने इजलासले अस्वीकार गरेको छ ।

गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटकमाथि प्रतिबन्ध लागेसँगै एक दर्जन बढी रिट दर्ता भएका थिए ।

1070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका