
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विलविजक तथा प्रज्ञापन पत्र नभएको विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू सशस्त्र प्रहरीले बरामद गरेको छ।
सुपर काईनेटिक कुरियरले यति एयरको उडान नम्बर एनवाईटी ४२४ मार्फत नेपालगन्जबाट काठमाडौं पठाएको १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्लेहरू बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स ब्यूरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको टोलीको विशेष सूचनाको आधारमा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

सामानहरू जय मा दुर्गा इम्पेक्स काठमाडौँको नाममा ६ कार्टुन र न्यौपाने ट्रेडर्सको नाममा ६ कार्टुन गरी १२ कार्टुन रहेको थियो।
बरामद सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागलाई बुझाएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































