जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरी सभाले संस्थाको शेयरधनीहरुलाई चुक्ता पूँजीको १५% का दरले रु.२६,०९,१६,००० (अक्षरेपी छब्बीस करोड नौ लाख सोह्र हजार मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसका साथै, उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्पmबाट मनोनित भई प्रतिनिधित्व गर्नुभएका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै, नव निर्वाचित सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गर्नु भएका छन् । बैंकिङ्ग क्षेत्रमा लामो समय देखि कार्यानुभव रहेको दिपक ढकाल एन आई सी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत हुनुहुन्छ र निजको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

1365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?