नेपालको पहिलो डिजिटल वालेट आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्डलद्वारा नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान “पहिला घरदेश, अनि परदेश” – आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा रहने भएको छ ।
“हङ्गकङ्ग पोखरा”, “तगारोमा रूमाल”, “लेककी हे माया”, “तिमी पारी”, “डाँडापारी” आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक-पप सङ्गीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही २०८० पौष २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष साङ्गीतिक कार्यक्रम सुरू गर्दै छ । पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनि – एल्फा स्क्वायरले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा-प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा – सामीप्य, आदि सङ्घ-संस्थाले प्रवर्धन गरिरहेका छन् भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने छ ।
“कन्दरा ब्यान्डले नेपाली फोक-पप सङ्गीतको क्षेत्रमा पुर्याएको योगदान र नेपाली कला सङ्गीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान – पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भई टिकटको विक्री-वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताउनु भयो ।
आइएमई पे को बारेमाः
नेपालकोपहिलोभुक्तानीसेवाप्रदायकआइएमईडिजिटलसोलुसनलिमिटेडद्वाराप्रवर्द्धित ’आइएमईपे’ मोबाइलवालेटएपअन्तर्गतकोविद्युतीयभुक्तानीसेवाप्रदायकहो।नेपालराष्ट्रबैंककोभुक्तानीतथाफर्छ्यौटविनियमावली– २०७२बमोजिम ’आइएमईडिजिटल’ दूरसञ्चारसञ्जालकोमाध्यमबाटमोबाइलवालेटसेवाप्रदानगर्नेपहिलोकम्पनीहो।आइएमईपेमोबाइलवालेटमार्फतसेवाग्राहीआफैलेअथवाएजेन्टहरुकोमार्फतविभिन्नकिसिमकोभुक्तानीकार्यहरूगर्नसक्नेछन्।यसलेव्यक्ति–व्यक्तिबीचमाहुनेसामान्यरकमट्रान्सफरगर्नेसुविधादेखिलिएरविभिन्नअनलाइनतथास्थलगतस्टोरहरूमात्तच्स्क्यानगरीभुक्तानगर्ने, मोबाइलरिचार्जगर्नेरविभिन्नघरायसीतथाकार्यालयकाबिलहरूभुक्तानगर्नमिल्नेसेवासमेतप्रदानगर्दैआइरहेकोछ।
यसमोबाइलवालेटमाब्याजतथाविभिन्नक्यासब्याकहरूकोपनिसुविधाउपलब्धछ।आइएमईडिजिटलसोलुसनलिमिटेडलेबैंकिङसुविधाबाटवञ्चितनेपालीतथान्यूनबैंकिङसुविधाप्राप्तसम्पूर्णसर्वसाधारणजनतालाईवित्तीयसेवाहरूकोपहुँचउपलब्धगराएरनेपालकोवित्तीयसमावेशीकरणमायोगदानपुर्याउनेलक्ष्यलिएकोछ।२०लाखभन्दाबढीग्राहकहरूलाईसिधैमोबाइलवालेटएपतथाएजेन्टहरूमार्फतआइएमईपेलेविद्युतीयभुक्तानीसेवाप्रदानगर्नसफलछ।