जोडिनुहोस
बिहिबार, बैशाख ४, २०८२
बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान

ग्लोबल आइएमई बैंक लिमिटेडले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कम्पनीले स्थापनाको १७ वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो । यसका साथै बैंकले नि : शुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षणसमेत गरेको छ ।

कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाण्डौको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगञ्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको कम्पनीले बताएको छ ।

देशभर आयोजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको पनि कम्पनीले बताएको छ ।

यसैगरि, ७८३ जनाको निःशुल्क आँखा जाँच गरिनुका साथै १ हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवम् परामर्श पनि प्रदान गरिएको छ ।

2010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका