जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकका एजीएमबाट लाभांश पारित, नयाँ सञ्चालक समिति चयन

मुक्तिनाथ विकास बैंकका एजीएमबाट लाभांश पारित, नयाँ सञ्चालक समिति चयन

मुक्तिनाथ विकास बैंक लिमीटेडले पुस २८ गते शनिवारका दिन पोखरामा आफ्नो सत्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।सभाले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ ।

उक्त लाभांशमध्ये ९.७५ प्रतिशत बोनस सेयर र बाँकी ०.५१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ । सभाबाट आ.व. २०८०/०८१ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पनि पारित भएका छन् ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न सभामा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदनउपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनीहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए ।

समारोहमा बैंकका पूर्व अध्यक्ष मीनप्रसाद गुरुङ्गले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायणकुमार श्रेष्ठ, भरतप्रसाद लम्साल, विनोदकुमार शर्मा रसरोजा श्रेष्ठ(कोइराला) सर्वसम्मत चयन भएका बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

1705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ
" class="lazy">
सिटिजन्स बैंकमा रमेश शर्माले बढाए सेयर, तारा र दिग्विजयले घटाए

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डे नियुक्त
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?