बैंकिङ कसुर मुद्दामा ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय भएकी घराना डेभलपर्सकी सञ्चालक पक्राउ परेकी छन् ।
काभ्रेको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । केसीले क्यापिटल मर्चेन्ट तथा फाइनान्सका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी लिएको ऋण कर्जा तोकिएको परियोजनामा नगरी अन्यत्र लगानी गरेको आरोप लागेको थियो ।
पाटन उच्च अदालतले केसीलाई २०७१ बैशाख २९ गते दोषी ठहर गर्दै उक्त सजाय सुनाएको थियो