जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • अरुण चौधरीलाई थुनामा राख्न आवश्यक छैन, भागे म जिम्मा लिन्छु: शम्भु थापा

अरुण चौधरीलाई थुनामा राख्न आवश्यक छैन, भागे म जिम्मा लिन्छु: शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई थुनामा राख्न आवश्यक नरहेको जिकिर गरेका छन् ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा बहस गर्दै थापाले पक्राउ परेका चौधरीलाई बाहिरै बसेर मुद्दा लड्न दिनु पर्ने बताएका हुन् ।

उनले चौधरीलाई रिहा गर्दा कुनै प्रमाण नष्ट हुने सम्भावना नहरेको भन्दै म्याद थप गर्न आवश्यक नरहेको तर्क पेस गरेका थिए ।

थापाले प्रतिष्ठित उद्योगी चौधरी नभाग्ने भन्दै त्यसको जिम्मेवारी आफूले लिने बताएका थिए ।

1065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका