जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • १६ बैंकले घटाए ब्याजदर, बाँकीको स्थिर, कुनको कति ?

१६ बैंकले घटाए ब्याजदर, बाँकीको स्थिर, कुनको कति ?

सञ्चालनामा रहेका २० वटा वाणिज्य बैंकले फागुन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ ।

माघको तुलनामा फागुनमा बैंकको ब्याजदर औषतमा ०.४० प्रतिशत बिन्दुले घटेको छ । माघमा औषतमा बैंकको ब्याजदर ८.१६ प्रतिशत रहेको थियो । फागुनमा औषतमा ७.७५ प्रतिशत हुनेछ । अर्थात माघ महिनामा ८.१६ प्रतिशतबिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा ७.७५ प्रतिशतबिन्दु कायम हुने भएको छ ।

फागुनमा ब्याजदर स्थिर राख्ने बैंकमा एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंक रहेका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८.१५ प्रतिशत रहनेछ ।

फागुन महिनामा सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि बैंक रहेको छ । एनएमबिले ८.५० प्रतिशत रहेको छ । ८ प्रतिशत भन्दा बढी ब्याज हुने बैंकमा कुमारी, नेपाल एसबिआई, हिमालयन, एनएमबि र सिटिजन्स बैंक रहेका छन् ।

७ प्रतिशत भन्दा कम ब्याज दिनेमा ८ वटा बैंक रहेका छन् । जसमा नेपाल बैंकले ७.२५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ७.३५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ७.३५ प्रतिशत, प्राइम बैंकको ७.४० प्रतिशत, प्रभु बैंक ७.५० प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, ग्लोबल आइएमई ७.६० र नबिल बैंकको ७.७५ प्रतिशत रहेको छ । ७ प्रतिशत भन्दा कम ब्याजदर कृषि विकास बैंकको ६.४४ प्रतिशत मात्रै रहेको छ ।

बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरेको नयाँ ब्याजदरमा केही बैंकले भने अधिकतम पाँच वर्षसम्मको ब्याजदर तय गरेका छन् ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?