जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न सकिने

कामना सेवामा भिडियो केवाईसीमार्फत् अनलाइन खाता खोल्न सकिने

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण (केवाईसी) अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।

उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । अनलाईन माध्ययमवाट खाता खोल्न सक्ने व्यवस्था यस अघी नै गरिएको भए पनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्नको लागि बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।

उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकहरुले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफुलाई पायक पर्ने समय तय गरेर वा अनलाईन खाता खोल्ने क्रममा माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्ने सकिने छ ।

यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यो व्यवस्था ल्याएसंगै स्वदेश तथा विदेशमा रहनुभएका महानुभावहरुले आफु अनुकुल विभिन्न प्रकारका खाता खोल्न सकिने भएको छ ।

बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले अनलाईन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ । उक्त भिडियो बैंकको वेभसाईट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ । डिजिटल प्रविधीलाई अधिकतम प्रयोग गर्दै आईरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ संजाल तथा ७७ वटा एटिएमवाट आफ्ना अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?