जोडिनुहोस
मङ्लबार, कार्तिक २०, २०८१
मङ्लबार, कार्तिक २०, २०८१
  • होमपेज
  • एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

एशियन लाइफको बीमा श्री सावधिक जीवन बीमा योजना सार्वजनिक

एशियन लाईफ इन्स्योरेन्सले सस्तो मूल्यमा बीमितलाई जोखिम रक्षावरणसँगै बचतको प्रत्याभूति दिने गरी सावधिक जीवन बीमा योजना ‘बीमा श्री’ प्रचलनमा ल्याएको कम्पनीले जनाएको छ।

यस कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ ,संचालक अच्युत राज सापकोटा, संचालक शिला राजभण्डारी, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंं, डेप्युटी मार्केटिङ हेड विजय पराजुलीले संयुक्तरुपमा सोमबार बीमा योजना सार्वजनिक गरेका हुन् ।

यो बीमा योजना अन्तर्गत १८ देखि ६५ वर्षसम्मको उमेरका व्यक्तिले यो बीमालेख खरिद गर्न सक्नेछन् । यो बीमा योजनामा न्यूनत्तम ५० हजार रुपैयाँदेखि माथि बीमितले आफ्नो आर्थिक अवस्थाका आधारमा जतिसुकै बीमाङ्क रोज्न सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ।

बीमित जीवित रहेको अवस्थामा बीमा अवधि पुरा भएपछि बीमाङ्क रकम र बीमा अवधि पुरा नहुँदै बीमितको निधन भएको अवस्थामा बीमितको इच्छ्याएको व्यक्ति वा हकवालाले बीमाङ्क रकम भुक्तानी पाउनेछन्। यस बीमा योजनामा बीमितले दुर्घटना मृत्यु लाभस्थायी अपाङ्ग÷असक्त सुविधा, बीमाशुल्क छुट सुविधा र एशियन क्रिटिकल केयर सुविधा समेत रोज्न सक्छन् । मुनाफामा सहभागी नहुने गरी जारी गरिने यो बीमालेखले बीमितलाई कम बीमाशुल्कमा बीमालेख खरिद गर्न सहज बनाउनेछ ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

" class="lazy">
काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा २१ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?
गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने
भारतका प्रतिष्ठित उद्योगपति रतन टाटाको निधन

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?