जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशत बढ्यो

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशत बढ्यो

शिखर इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा २६ प्रतिशत बढी हो ।

गत आवको तेस्रो त्रैमासमा कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद प्रिमियम आम्दानी बढ्दा नाफामा योगदान पुगेको देखिन्छ ।

कम्पनीको खुद प्रिमियम आम्दानी गत आवको तेस्रो त्रैमासमा ९३ करोड १९ लाख रुपैयाँ रहेकोमा अहिले १ अर्ब ८ करोड पुगेको छ । कम्पनीको नाफा बढ्दा प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा रहेकोमा अहिले १९ रुपैयाँ ६० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ४९ पैसा छ । कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ११ लाख रुपैयाँ छ ।

335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका