जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • १९ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनमा झन्डै ११ खर्ब भित्रियो

१९ प्रतिशत बढ्यो रेमिट्यान्स, ९ महिनमा झन्डै ११ खर्ब भित्रियो

९ महिनामा झन्डै ११ खर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको गत चैत मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्ष अवधिमा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । जुन गत आवको चैत मसान्तसम्मको तुलनामा १९.८ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशत बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशत बढेको छ । ९ महिनामा ८ अर्ब १५ करोड अमेरिकी डलर रेमिट्यान्स नेपाल आइपुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशत बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ रहेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ ।

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?