जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा सुर्खेत स्वास्थ्य केन्द्रलाई बेबिवारम प्रदान

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा सुर्खेत स्वास्थ्य केन्द्रलाई बेबिवारम प्रदान

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. को ३१ औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबिवारमर प्रदान गरेको छ ।

कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष, स्वास्थ्य केन्द्र पञ्चपुरीका व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर बि.सी, स्वास्थ्य केन्द्र प्रमुख डा.जयन्त कुमार साहु, लगायत पदाधिकारीको उपस्थितीमा कर्णाली प्रदेश प्रमुख राकेश बि.सी ले डा. जयन्त कुमार साहुलाई सो सामाग्रि हस्तान्तरण गरका हुन् ।

कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख डा. साहुले सुर्खेत पश्चिम का सम्पुर्ण र अछाम जिल्लाका केहि बिरामीहरु समेतले स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेको वताउदै बेबिवार्मर अति नै आवश्यक रेहेको र महत्वपूर्ण सामग्री प्राप्त भएको बताए ।

अध्यक्ष बि.सी ले स्वास्थ्य केन्द्रलाई आवश्यक रहेको सामाग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद दिदै बिरामीको चाप रहेको स्वास्थ्य केन्द्रलाई यस्ता मेडिकल सामग्री दिनु भनेको यो बिकट क्षेत्रका बिरामीहरुलाई नयाँ जिवन दिनु जस्तै हो भन्दै कार्यक्रमको समापन गरे ।

295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका