जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • आफैले खडा गरेको पूर्वाधारमा सरकारको चासो छैन: अध्यक्ष सिलवाल

आफैले खडा गरेको पूर्वाधारमा सरकारको चासो छैन: अध्यक्ष सिलवाल

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ ऐन ल्याएपछि बढी स्वतन्त्रताको अभ्यास सुरु भएको बताए ।

प्राधिकरणको ५६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् । नयाँ ऐन आएपछि बीमा प्राधिकरणलाई थप अधिकारीसहित स्वायत्त बनाएको उनले बताए । उनले भने,‘बीमा प्राधिरकण खुल्ला नियामक हो । हामी नयाँ ऐन ल्याएपछि बढी स्वतन्त्रताको अभ्यास सुरु भएको पाएका छौं । हामीलाई कुनै खालको प्रेसर छैन ।’

बीमा कम्पनीहरुलाई आवश्यक मार्गदर्शनहरु पनि सुझाव र छलफलका आधारमा नै तयार हुने गरेको अध्यक्ष सिलवालले बताए । ‘कुनैपनि निर्देशिका बनाउँदा हामीले खुला रुपमा प्राधिकरणको बेवसाइटमा राखेका छौं । त्यसबाट तपाईको सुझाव आवोस्, आएका सुझावका आधारमा आवश्यक नीति अवलम्बन गर्न सकियोस् । सबैको अपेक्षा पुरा गर्न सकियोस् भन्ने हो’, उनले भने । अहिले बीमा प्राधिकरण स्वतन्त्र हुँदै छ, नियमनको क्षेत्रको विश्वस्त बन्दै गएको छ ।

उनले प्राधिकरण नियमनको क्षेत्रमा पनि थप विश्वस्त बन्दै गएको दावी गरे । उधारो बीमा बन्द गराएपछि प्रगति गर्दै आएको बताए । उनले भने,‘बीमा विश्वासको व्यवसाय हो । हामीले उधारो बीमा हुन्न भन्यौं, त्यसपछि तपाईहरुले छोडेको हो । हाल यसमा प्रगति भइरहेको छ । बीमा प्रतिको विश्वास बढाउन वातावरण बनाउन हाम्रो उत्तिकै चासो छ ।’

बीमाको सेवालाई थप विस्तार गनुपर्ने आवश्यकता रहेको अध्यक्ष सिलवालले बताए । सर्वसाधारणमा बीमाको बारेमा बुझाउन अझै बाँकी रहेको उनको भनाई छ ।

सरकारले सम्पत्तिको बीमा चासो नदिएको उनले बताए । उनले सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक रहेको बताए । उनले भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘सरकारले आफैले खडा गरेको पूर्वाधारमा पनि चासो दिएको छैन । सम्पत्तिको बीमा अनिवार्य गर्नुपर्छ । बीमा सम्पत्तिको संरक्षक पनि हो । यस्ता कुरा नीतिमा पनि आउनुपर्यो’, उनले थपे,‘सबै नागरिकको बीमा कसरी गर्ने, सम्पत्तिको संरक्षण कसरी गर्ने ? नेपालका सबै सम्पतीको कसरी सुरक्षा गर्ने भन्ने बारे सोच्नुपर्छ । यसमा सबैको भूमिका छ । यसमा प्राधिकरणले अगुवाई मात्र गर्ने हो ।’

265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका