जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले खारेज गरिदियो इ-नेट पेमेन्टको लाइसेन्स

राष्ट्र बैंकले खारेज गरिदियो इ-नेट पेमेन्टको लाइसेन्स

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक इ-नेट पेमेन्ट प्राइभेट लिमिटेडको अनुमति पत्र खारेज गरेको छ। राष्ट्र बैंकले आफ्नो निर्देशन पालना नगरेको भन्दै कम्पनीको अनुमति पत्र खारेज गरिदिएको हो।

‘इ-नेट पेमेन्टले निर्देशन परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फर्स्योट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १(ग) को व्यवस्था बमोजिम संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्णप्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिएको छ,’ राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

कम्पनीले २०७६ फागुन २१ गते भुक्तानी सेवा प्रदायकको अनुमति पाएको थियो।

राष्ट्र बैंकले इ-नेट पेमेन्टले जारी गरेका भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न भनेको छ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?