जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • ७ रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेल ५ रुपैयाँले सस्तियो

७ रुपैयाँले घट्यो पेट्रोलको भाउ, डिजेल ५ रुपैयाँले सस्तियो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतितोला ७ रुपैयाँ, डिजेल तथा मट्टीतेल प्रतिलिटर ५ रुपैयाँ घटाएको छ ।

निगम संचालक समितिले आजै रातेखि लागू हुने गरि पेट्रोल, डिजेटल तथा मट्टीतेलको भाउ घटाउने निर्णय गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट नै पेट्रोल ६.७५ रुपैयाँ र डिजेल ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ १५४ रुपैयाँ तोकिएको छ । यसअघि भने पेट्रोल, डिजेल तथा मट्टीतेलको अधिकतम मूल्य क्रमशः १७८ रुपैयाँ र १५९ रुपैयाँ रहेको थियो ।

255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका