जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • क्यूआर कोड भुक्तानीमा बढ्दै उत्साह, मोबाइल र इन्टरनेट बैंकिङमा पनि बढ्यो

क्यूआर कोड भुक्तानीमा बढ्दै उत्साह, मोबाइल र इन्टरनेट बैंकिङमा पनि बढ्यो

क्यूआर कोर्ड प्रयोग गरेर कारोबार गर्नेको संख्या दैनिक रुपमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हरेक महिना क्यूआरबाट हुने भुक्तानी बढिरहेको छ ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म ४५ अर्ब ६७ करोड ८० लाख रुपैयाँ क्यूआर कोडबाट भुक्तानी भएको छ । राष्ट्र बैंकका अनुसार २०८० फागुनमा क्यूआर कोडबाट ४२ अर्ब ५६ करोड रुपैयाँ भुक्तानी भएको थियो ।

चैत मसान्तसम्म वालेटबाट हुने कारोबार पनि बढेको छ । फागुनमा वालेटबाट हुने कारोबार २४ अर्ब २ करोड रुपैयाँ रहेको थियो । बढेर चैतमा २६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

मोबाइल बैंकिङबाट हुने कारोबार पनि बढ्दै गएको छ । फागुन मसान्तसम्म मोबाइल बैंकिङबाट २ खर्ब ९१ अर्ब ९५ करोड ४० रुपैयाँ भुक्तानी भएको छ । चैतमा यो रकम २ खर्ब ९८ अर्ब ९७ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यता इन्टरनेट बैंकिङबाट हुने भुक्तानी पनि फागुनको तुलनामा चैतमा सामान्य बढेको छ । फागुन मसान्तसम्म इन्टरनेट बैंकिङबाट १४ र्ब ३३ करोडको भुक्तानी भएकामा चैत मसान्तमा यो रकम बढेर १४ अर्ब ३९ करोड ८० लाख पुगेको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको छ ।

260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका