जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • डर्टबाइक रेसिङ प्रदर्शनीको टिकट आइएमई पेबाट

डर्टबाइक रेसिङ प्रदर्शनीको टिकट आइएमई पेबाट

यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको डीटीएमएक्स९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।  

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्न सक्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्न सक्नेछन् । 

उक्त डर्ट बाइक रेसिङ  सँगैसँगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहनेछ ।  

उक्त कार्यक्रममा विभिन्न सांगितिक ब्यान्डहरूसँगै , मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन(पम्पिङ दिनको निम्ती टिकटहरु आइएमई पे एपमा रु. ५०० मा खरिद गर्न सकिनेछ ।  

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?