जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • लक्ष्मी सनराइज बैंकको विराटनगरमा स्थानान्तरण शाखा मार्फत सेवा विस्तार

लक्ष्मी सनराइज बैंकको विराटनगरमा स्थानान्तरण शाखा मार्फत सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले विराटनगरमा स्थानान्तरण शाखा मार्फत सेवा विस्तार गरेको छ ।

विराटनगर महानगरपालिका वडा न।७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५
कि।मि। उत्तरतर्फ सोही महानगरपालिकाको वडा न। ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ ।

स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा
मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच
अझ सहज बनाउने विश्वास राखेको छ । स्थानतरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका
रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना २ वटा
शाखा गाभी साविक सन्राइज बैंकको स्थान ( भद्रपुर लाईन, बिर्तामोड नगरपालिका–४, झापाबाट संयुक्त
कारोबार सुरु गरेको छ । त्यसैगरी, चितवन जिल्ला स्थित भरतपुरको हाकिमचोकमा रहेका २ वटा शाखा
पनि गाभिई साविकको लक्ष्मी बैंकको स्थान ( हाकिमचोक, भरतपुर महानगरपालिका–१० बाट ग्राहकहरुलाई
सेवा प्रदान गर्नेछ ।
हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५६शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र
१३० शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका