जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सञ्चार उद्यमी पक्राउप्रति निजी क्षेत्रको ध्यानाकर्षण,

सञ्चार उद्यमी पक्राउप्रति निजी क्षेत्रको ध्यानाकर्षण,

निजी क्षेत्रले सञ्चार उद्यमी कैशास सिरोहिया पक्राउप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

उनको पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, कानूनविपरीत काम गरेको प्रमाणित भएमा जो कोहि पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्पm हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।

विज्ञप्तिमा विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेका छौं । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने आग्रह हो भनिएको छ।

साथै उसलले मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठन नसकेको अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिन नहुने भनेको छ ।

कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन भन्दै विज्ञप्तिमा अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेको उल्लेख गरिएको छ ।

उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने भन्दै विज्ञप्तिमा देशभित्र व्यवसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्नेतफ पुनः ध्यानाकर्षण गराउँद छौं भनिएको छ ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका