जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • हिमालयन लाइफ इन्स्योरेन्सद्वारा ५४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा ५४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्व.बीमित नोर्बु लामा(तामाङ) को परिवारलाई बीमा दाबी वापतको भुक्तानी दिएको हो । स्व. बीमितले कम्पनीमा ५० लाख रुपैयाँ बीमाङको बीमा गराएका थिए । उनले ३ किस्ता वापत ५ लाख ८४ हजार २३७ रुपैयाँ तिरेका थिए । उनको मृत्यु भएपछि कम्पनीको नियम अनुसार स्व. बीमित लामाकी श्रीमति लक्ष्मी लामालाई कम्पनीले कुल ५४ लाख ५ हजार रुपैयाँ भुक्तानी दिएको हो ।

उक्त रकम बराबरको चेक स्व. बीमित लामाको हकवाला श्रीमति लक्ष्मीलाई बाग्मति प्रदेश उप प्रमुख दोर्जे लामाले हस्तान्तरण गरेका हुन् ।

हिमालयन लाइफको पाँचखाल शाखा प्रमुख बिशाल तिमल्सीनाले बीमा सबैको लागि अनिवार्य रहेको भन्दै बीमाले आपत विपद र दुःख परेको समयमा घाउमा मलम लगाउने काम गर्ने भएकाले सबैले बीमा गर्न आग्रह गरे । उनले यस कम्पनी सदैब बीमितको हितमा रहेको समेत बताए ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?