जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • वीरगञ्जमा एनआईसी एसिया बैंकको आफ्नै भवन, प्रादेशिक र शाखा कार्यालय सञ्चालन

वीरगञ्जमा एनआईसी एसिया बैंकको आफ्नै भवन, प्रादेशिक र शाखा कार्यालय सञ्चालन

 एनआईसी एसिया बैंकले वीरगञ्जमा नवनिर्मित आफ्नै भवनबाट मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

यसअघि बर्दिबास नगरपालिकामा भाडाको घरबाट बैंकले मधेश प्रादेशिक कार्यालय र वीरगञ्जमा शाखा कार्यालयबाट ग्राहकहरूलाई बैंकिङ सुविधा उपलब्ध गराएको थियो । बैंकको नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा आएसँगै ग्राहकलाई सबै किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।

नवनिर्मित भवनबाट बैंकले क्यास डिपोजिट मेसिन, कियोस्क मेसिन, क्यास रिसाइकल मेसिन जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ कारोबार गर्न बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका