जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • संसदीय छानबिन समिति: कुन दलबाट कोको ?

संसदीय छानबिन समिति: कुन दलबाट कोको ?

सहकारीको रकम अपचलनबारे छानबिनका लागि बन्ने संसदीय समितिमा रहने सदस्यहरूको नाम टुंगो लागेको छ।

आज छानबिन समितिको कार्यादेश तय गर्न बनाइएको कार्यदलले ७ सदस्यीय संसदीय छानबिन समिति गठनको निर्णय गरेको थियो । समितिलाई ३ महिनाको समयावधि तोकिएको छ ।

प्रतिनिधि सभाको अब केही बेरमा बस्ने दोस्रो बैठकबाट समितिका सदस्यहरुको नाम घोषणा हुने छ । समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल रहने छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेने छन् ।

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?