जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट

अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट

सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटमध्ये सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयलाई राखिएको छ ।

जसअनुसार अर्थ मन्त्रालयका लागि २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थ मन्त्रालयमा गत आर्थिक वर्षमा ४७ अर्ब २७ करोड रुपैयाँ मात्रै बजेट राखेको थियो । यस वर्ष धेरै बजेट राख्ने दोस्रो मन्त्रालयमा शिक्षा मन्त्रालय छ । शिक्षा मन्त्रालयमा २ खर्ब ३ अर्ब रुपैयाँ बजेट राखिएको छ ।

गृह मन्त्रालयको लागि सरकारले १ खर्ब ९१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसपछिको धेरै बजेट भौतिक मन्त्रालयमा रहेको छ । भौतिक मन्त्रालयको बजेट १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । उल्लिखित बजेट मन्त्रालयगत कुल विनियोजित बजेटमा संघ र प्रदेशलाई हस्तान्तरण गर्ने सहितको हो ।

255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका