जोडिनुहोस
आइतवार, अशोज १३, २०८१
आइतवार, अशोज १३, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतिस्पर्धा, उत्कृष्ट हुनले ५० हजार पाउने

सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ भिडियो प्रतिस्पर्धा, उत्कृष्ट हुनले ५० हजार पाउने

सिटिजन्स बैंकले ग्राहकहरुसँगको संलग्नता बढाउन ‘पार्टनर फर प्रोग्रेस’ नामक फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको छ । बैंकका अनुसार व्यक्तिगत वा व्यावसायिक रूपमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्ति वा संघ संस्थालाई आम मानिसमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले यो प्रतियोगिताको आयोजना गरेको छ ।

‘भिडियो प्रतियोगिताको उद्देश्य भनेको कुनै व्यक्ति वा संघसंस्थाको प्रगतिका लागि उहाँहरुको साथी, आफन्त वा परिवारजनको भूमिका देखाउनु हो । उहाँको साथमा एक भिडियो बनाई जीवनमा सकारात्मक परिवर्तन ल्याउन एक साथी वा पार्टनरको भूमिका कत्तिको महत्वपूर्ण रहन्छ भन्ने कुरा प्रस्ट्याउनु भिडियो प्रतियोगिताको उद्देश्य हो । एक आम व्यक्तिको पनि वास्तविक जीवनको सफलताको कथा अरुलाई प्रेरणाको स्रोत बन्नसक्ने र यो भिडियो प्रतियोगिताले धेरैलाई प्रेरित गर्ने विश्वास बैंकले लिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नै प्रेरणादायी कथाहरूलाई छोटो मोबाइल भिडियो वा फेसबुक रिलको रुप दिएर प्रतियोगितामा समावेश हुन पनि सकिने बैंकले जनाएको छ । यस प्रतिस्पर्धा अन्तर्गत एक मिनेटसम्मको समयावधि भएको भिडियो बनाएर ह्यासट्याग पार्टनर फर प्रोग्रेस सहित फेसबुकमा भिडियो अपलोड गरी सिटिजन्स बैंकको फेसबुक पेजलाई ट्याग गर्नुपर्नेछ । र उक्त भिडियो पब्लिक हुनुपर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय भिडियोलाई क्रमशस् सम्मान स्वरूप नगद पुरस्कार ५० हजार रुपैयाँ, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने छ । यो प्रतियोगिता जेठ महिनाभर सञ्चालन हुने बैंकले जनाएको छ ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका