जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सांग्रिलाको साइकल र्‍यालीमा ओइरिए सर्वसाधारण

सांग्रिलाको साइकल र्‍यालीमा ओइरिए सर्वसाधारण

विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ साइकल र्‍याली सम्पन्न गरेको छ ।
डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्‍याली सम्पन्न भएको हो ।

बैंकका संचालक लिसा शेरचनबाट साइकल र्‍यालीमा सहभागीहरुलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधारणको दायित्व विषयमा सम्बोधन गरिए पश्चात साइकल र्‍यालीको शुरुवात गरिएको थियो ।

बिहान ७ः४५ बजेदेखि सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबारमार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार पुल कोरिडोर बाटो हुँदै सेतोेपुल, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगेर करिब १० कि. मि. को दुरीको यात्रा सम्पन्न भएको थियो ।

साइकल र्‍यालीमा बैंकका सञ्चालक, कर्मचारी, ग्राहकवर्ग, शेयरधनी, प्रवद्र्वक, प्रायोजक लगायतको सहभागिता थियो । वि.सं २०७९ सालमा १५० जना सहभागीहरुबाट शुरु भएको साइकल र्‍याली यस तेस्रो संस्करण साइकल र्‍यालीसम्म आइपुग्दा १५०० जना भन्दा बढीको सहभागिताका साथ सम्पन्न भएको छ ।

यस साइकल र्‍यालीमा सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले वातावरण संरक्षणप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवम् साइकलजस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रण तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ ‘सेभ फ्यूल, सेभ इन्भारोमेन्ट’ भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिंदै जाने जानकारी गराएको छ ।

साइकल र्‍यालीमा सहभागी भएका सम्पूर्ण सहभागीहरुलाई टिसर्ट प्रदान गरिनुका साथै विभिन्न संस्थाहरुका तर्फबाट उपलब्ध गराइएको उपहारहरु गोलाप्रथामार्फत उपलब्ध गराउनुका साथै साइकल र्‍यालीमा सहभागी हुनुभएका एक जना भाग्यसाली सहभागी भक्तपुर निवासी रविन रचालिकालाई लक्की ड्रबाट उपहार स्वरुप एउटा साइकल समेत प्रदान गरिएको थियो ।

साइलक र्‍यालीकै दिन पारेर बैंकले ग्रिन सेभिङ्ग सम्बन्धी प्रडक्ट समेत लञ्च गरेको छ । यस किसिमको प्रडक्टमा जति खाता खोलिन्छ सोही संख्यामा बैंकले वृक्षारोपण गर्ने विशेषता उक्त प्रोडक्ट पेपरको रहेको व्यहोरा समेत बैंकले जनाएको छ ।

साइकल र्‍यालीमा बैंकका प्रमुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ वातावरण दिवसको अवसरमा गरिएको यस साइकल र्‍यालीमा भएको सहभागीहरुको उत्साहपूर्वक सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका